२७ फागुन २०८२, बिहिवार

भर्खरै

नेकपा प्रवेश

नेपाली कांग्रेस छाडेर बद्री खड्का नेकपामा प्रवेश

पूर्व कांग्रेस पार्टी सचिव खड्काले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याउँदै नेकपा रोजे

हेर्दाहेर्दै डेस्क २२ पुष २०८२, मङ्गलवार
नेपाली कांग्रेस छाडेर बद्री खड्का नेकपामा प्रवेश

News Summary


  • नेपाली कांग्रेसका प्रभावशाली स्थानीय नेता बद्री खड्का नेकपामा प्रवेश गरेका छन्।
  • देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता र जनताको हितका लागि पार्टी प्रवेश गरेको उनले बताए।

दोलखा । गौरीशंकर गाउँपालिका–५ का बद्री खड्का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका प्रभावशाली स्थानीय नेता मानिने खड्का यसअघि दोलखाको सुरी क्षेत्रबाट नेपाली कांग्रेसको पार्टी सचिवका रूपमा सक्रिय थिए ।

मंगलबार नेकपाका नेता तथा पूर्वमन्त्री विशाल खड्काले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै खड्काले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता देखिएकाले आफू नेकपामा आबद्ध भएको बताए । उनले जनताको हित र विकासका पक्षमा काम गर्न नयाँ राजनीतिक यात्राको सुरुआत गरेको उल्लेख गरे ।

1226 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट