कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा
प्रधानमन्त्रीको निर्देशनपछि कुलमान घिसिङले पद छाडे
हेर्दाहेर्दै डेस्क
२३ पुष २०८२, बुधवार
236
SharesNews Summary
- कुलमान घिसिङले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन्।
- राजीनामाको कारण राजनीतिक दबाव र प्रधानमन्त्रीको निर्देशन रहेको बताइन्छ।
- उनको राजीनामापश्चात् ऊर्जा मन्त्रालयको नयाँ जिम्मेवारीबारे राजनीतिक हलचल सुरु भएको छ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले आज मन्त्री पदबाट राजीनामा दिएका छन्।
बुधबार राति सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले औपचारिक रूपमा पदबाट राजीनामा घोषणा गरेका हुन्। राजीनामाको कारण सार्वजनिक रूपमा घोषणा नभए पनि राजनीतिक दबाव र दलसँगको सम्बन्धले यस निर्णयमा प्रभाव पारेको बताइन्छ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि दलसँग आबद्ध केही मन्त्रीहरूलाई पद छाड्न निर्देशन दिएकी थिइन्। घिसिङको राजीनामा पश्चात् ऊर्जा मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषयमा राजनीतिक हलचल सुरु भएको छ।
236 Shares
हेर्दाहेर्दै डेस्क