भीमेश्वरमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु, ६ टोलीबीच प्रतिस्पर्धा
स्थानीय खेलकुद प्रवर्द्धनका लागि आयोजना, विजेताले पाउनेछ २५ हजार नगद
हेर्दाहेर्दै डेस्क
२६ पुष २०८२, शनिवार
369
SharesNews Summary
* दोलखाको भीमेश्वर वडा नं. ४ मा 'प्रथम वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता-२०८२' सुरु भएको छ।
* स्थानीय खेलकुद विकास तथा खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ६ वटा टोली सहभागी छन्।
* विजेता टोलीले २५ हजार, द्वितीयले १५ हजार र तृतीय हुने टोलीले ७ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
दोलखा । भीमेश्वर नगरपालिका वडा नं. ४ मा ‘प्रथम वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता–२०८२’ शनिबारदेखि सुरु भएको छ। स्थानीय तहमा खेलकुदको विकास तथा खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो।
वडा अध्यक्ष तारानाथ चौलागाईंको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस) सदस्य मेनुका चौलागाईं विशेष अतिथिका रूपमा उपस्थित थिइन्।
प्रतियोगितामा कुल ६ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताको उपाधि विजेता टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, द्वितीय र तृतीय हुने टिमले क्रमशः १५ हजार र ७ हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई ट्रोफी प्रदान गरिनेछ।
उद्घाटन मन्तव्यका क्रममा नगर प्रमुख मानन्धरले खेलकुदले शारीरिक स्वास्थ्यसँगै अनुशासन, आत्मविश्वास र आपसी भाइचारा बढाउने बताए। उनले खेलाडीहरूलाई स्वस्थ प्रतिस्पर्धाको भावना कायम राख्दै आफ्नो उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए।
वडा अध्यक्ष चौलागाईंले वडा स्तरमा खेलकुद गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सहभागी सबै खेलाडीलाई खेल भावनाको सम्मान गर्न आग्रह गरे।
369 Shares
हेर्दाहेर्दै डेस्क