काठमाडौं ।
भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि अहिले काठमाडौं विमानस्थलमा खानतलासी सुरू भएको छ ।
भारतीय विमान कम्पनीमा भारतबाटै बम रहेको सूचना दिएपछि अहिले सर्च गरिरहेको सैनिक प्रवक्ता गौरव केसीले जानकारी दिए ।नेपाली सेनासहितको टोलीले खानतलासी सुरू गरेको हो ।
१५७ जना यात्रु बोकेर दिल्लीबाट आएको जहाजमा बम राखेको हल्ला भएपछि अहिले खानतलासी गरिएको हो ।