प्रकाश बस्नेत ,दोलखा।
गौरीशंकर गाउँपालिकामा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। तामसालिङ युवा क्लबले गत २ गतेदेखी सोनाम ल्होछार २०८१ को पावन अवसरमा सुरु गरेको प्रतियोगिता आज सम्पन्न भएको हो।
“स्वास्थ्यको लागि खेलकुद रास्ट्रको लागी खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको प्रतियोगिताको समापन गाउँपालिकाका अध्यक्ष बिश्वास कार्कीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष कार्कीले सबै प्रकारका धर्म जातजातिको संरक्षण प्रबर्द्धन र सम्मान गर्ने कुरामा पालिकाको तर्फबाट सधैंव साथ सहयोग रहने बताउनुभयो । झ्याकुको बिकासमा पालिका सधैं अग्रसर नै रहेको र आगामी दिनमा पनि आफू प्रतिबद्ध भएर झ्याकुको बिकासमा लागि पर्ने बताए । गाउँपालिकाकी उपाध्यक्ष उमा लुङगेली मगर शेर्पाले परम्परागत रुपमा चल्दै आएको चालचलन भाषा सस्कृतीलाइ जोगाइराख्न जरुरी रहेको बताइन्।
प्रतियोगितामा प्रथम सुरी, दितिय वडा नम्बर ४ ,झ्याकु तृतीय, जुँगु सान्त्वना आयोजक टिम भएको छ। सो प्रतियोगिता प्रथम, दितिय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमश : ३० हजार २० हजार १० हजार ५ हजार र ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियोे ।
त्यस्तै क्लबका अध्यक्ष सुनदोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उमा शेर्पा, विगु गाउँपालिकाको उपाध्यक्ष देबिका थामी,पुर्व उपाध्यक्ष उर्मिला थामी वडा नम्बर ३ का वडाअध्यक्ष युग बहादुर बस्नेत, वडा नम्बर ५ का वडाअध्यक्ष सुन्दर खड्का ,नेकपा एमाले दोलखाको जिल्ला कमिटी सदस्य निमा लामा, रास्ट्रीय युवा संघ गौरीशंकर गाउँ पालिकाका अध्यक्ष राजकुमार श्रेष्ठ, रास्ट्रीय स्तरका कलाकारहरु रामकृष्ण लो तामाङ, हरी पाख्रीन, माया स्याङबो लगायतको उपस्थिति रहेको थियोे ।