अबिरल बस्नेत
दोलखा । गौरीशंकर गाउँपालिका-१, जुगुमा नमुना समाजवादी वडा कार्यक्रम अन्तर्गत ‘उज्यालो वडा कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। मंगलबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाका एकल महिला तथा पुरुषलाई सहयोग स्वरूप सोलार लाइट र इन्फ्रारेड चुलो वितरण गरिएको हो।
कार्यक्रम अन्तर्गत ६५ जनालाई तीन वटा बल्ब भएको सोलार लाईट तथा ५५ जनालाई इन्फ्रारेड चुलो प्रदान गरिएको थियो।
गौरीशंकर गाउँपालिका-१ का वडा अध्यक्ष प्रकाश बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष विश्वास कार्की उपस्थित थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी, पालिकाका प्रवक्ता युग बहादुर बस्नेत लगायत जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष कार्कीले उज्यालो वडा कार्यक्रमले स्थानीय नागरिकको जीवनस्तर सुधार्न योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमले विशेष गरी एकल महिला तथा विपन्न वर्गलाई राहत दिने उद्देश्य राखेको छ।