काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
बुधबार मध्यरातबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाएको हो ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।