दोलखा।
भिमेश्वर नगरपालिका – ९ झिगानेमा गाडी दुर्घटना हुदाँ ४ जना घाईते भएका छन्। शुक्रबार दिउँसो करिब २ बजे चरिकोट – जिरी लामासाघुँ सडकखण्ड अन्तगर्त झिगानेमा काठमाडौंबाट चरिकोट तर्फ आउदै गरेको प्रदेश नं ०३-०१-००२२च ८८२८ नम्बरको हात्ति गाडी दुर्घटना हुदाँ ४ जना घाईते भएका हुन्।
घाईते हुनेहरुमा कालिञ्चोक गाउँपालिका – ५ का अन्दाजी २२ वर्षिय सुजता थापा,१७ वर्षिय सविक्क्षा थापा, रामेछाप गोकुलगंगा – ४ का अन्दाजी ३० वर्षिय सकुना खड्का र उनको ३ वर्षिय छोरी सबिना खड्का घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर सत्रुधन महतोले बताए।
उनका अनुसार अहिले घाइतेहरुको उपचार च्छोरोल्पा जनरल अस्पताल चरिकोटमा भइरहेको छ। सवारीचालक कालिञ्चोक गाउँपालिका – ३ भिरमुनी बस्ने सुन्दर खड्का घाईतेहरुको उपचारमा संलग्न रहेका छन्।
गाडी सडकबाट करिब २०/२५ मिटर तल ब्रेक फेल भएर खसेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।