राजकुमार भुजेल,दोलखा।
जिल्लाको सदरमुकाम चरिकोटबाट एक जना सहयोगापेक्षी सडक मानवको उद्धार भएको छ। भिमेश्वर नगरपालिका र जिल्ला प्रहरी कार्यालय दोलखाको सहकार्यमा खम्बे नाम बताउने अन्दाजी ३२ वर्षिय युवकको उद्धार गरिएको हो।
सडकलाईनै नाना, छाना र खाना बनाएर विगत लामोसमयदेखि सदरमुकाम चरिकोट आसपास देखिने ति युवकलाई गत हप्ता मानव कल्याण समाज काभ्रेपलाञ्चोकमा उद्धार गरि व्यवस्थापन गरिएको सामाजिक अभियन्ता राजन बस्नेतले जानकारी दिए। आफनो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाजको सर्वोपरि हितका निम्ती क्रियाशील सामाजिक अभियन्ता बस्नेतले हालसम्म २० जना भन्दा बढी सडक सहयोगापेक्षी सडक मानवको उद्धार गरी व्यवस्थापन गरिसकेका छन्।
उक्त कार्यमा सहयोग र सहकार्य गर्ने भिमेश्वर नगरपालिकासहित ९ स्थानीय तह , जिल्ला प्रहरी कार्यालय दोलखा, नागरिक समाज, सामाजिक अभियन्ताहरु समेतको सहयोगमा सहयोगापेक्षी सडक मानवको व्यवस्थापन भएको अभियान्ता बस्नेत बताउँछन्।