दोलखा।
दोलखामा अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ। जिल्ला भलिबल संघ दोलखाको आयोजनामा सदरमुकाम चरिकोटमा आजदेखि सो प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उदघाटन बागमती प्रदेश सभा सदस्य भरत केसीले गरेका थिए। भीमेश्वर नगरपालिका कवर्ड हलमा माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा जिल्ला भित्रका ८ टिमको सहभागीता रहेको छ। प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुने टिमले क्रमशः : ५० हजार ,३० हजार,२० हजार ,१० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
संघ अध्यक्ष बालकृष्ण खड्काको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा प्रदेश सभा सदस्य केसी लगायतको शुभकामना तथा मन्तव्य राखेका थिए।