दोलखा। दोलखाको सदरमुकाम चरिकोट स्थित च्छोरोल्पा जनरल अस्पतालबाट एक गर्भवती महिलाको सेनाको हेलिकप्टर मार्फत उद्घार गरिएको छ।सोमबार बेलुका करिब ४ बजे मेलुङ गाउँपालिका वडा नं १ की एक महिलाको धेरै रक्तस्राव भएपछि अस्पतालबाट उद्धार गरि काठमाडौं पठाएको हो।
अस्पतालले जिल्ला प्रशासन कार्यलय दोलखामा समन्वय गरेर काठमाडौं पठाएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर बिनोद दङ्गालले हेर्दाहेर्दै डटकमलाई बताए । त्यस्तै ७ महिनाको गर्भवतीको धेरै रक्तस्राव भएपछि अस्पतालमा आकस्मिक प्राम्भिक उपचारपछि सेनाको हेलिकोप्टर मार्फत् काठमाण्डौ पठाइएको अस्पतालले जनाएको छ।