काठमाडौँ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव देखापरेको छ भने आज साँझबाट सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, गण्डकी, र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।तराई र पहाडी भू-भागका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा हुने र ती क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको छ। स्थानीय जनजीवनमा चिसोको असर पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।