दोलखा।
नेकपा माओवादी केन्द्र मेलुङ गाउँपालिका -५ वडा कमिटीको सम्मेलन सम्पन्न भएको छ। बुधबार डाँडाखर्कमा टेक बहादुर थापामगरको अध्यक्षतामा २५ वडा कमिटी गठन गरेको हो।
माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको दोस्रो सम्मेलनमा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा ५ जना प्रवेश समेत गरेका छन। प्रवेश गर्नेहरुमा पवित्रा श्रेष्ठ ,बिन्दा श्रेष्ठ, बालकुमारी मगर, अन्जाना श्रेठ र हस्तमाया श्रेष्ठ रहेका छन्।
सम्मेलनमा वडा नंवर ५ का वडा अध्यक्ष ललित मगर लगाएत नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको भव्य उपस्थिति रहेको थियो।