काठमाडौँ ।
पेट्रोलको मूल्य २ रुपैयाँले बढेको छ भने डिजेल र मट्टितेलको घटेको छ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य समायोजन गरेको हो । पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्दा डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको निगमले जनाएको छ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको छ ।