काठमाडौं।
बढुवा भएका ३७ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह दिइएको छ।हालै प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेका ३७ जनालाई नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को आइतबार पदोन्नति गरेको थियो।
पदोन्नतिसँगै उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरे।दर्ज्यानी चिन्ह पाउनेहरूमा कुलदीप चन्द, सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेबे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाई रहेका छन् ।
यस्तै, शरतकुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागाईँ, किशोरकुमार श्रेष्ठ, मुकुन्दप्रसाद रिजाल, पवन कुमार भट्टराई, रविन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कबित कटुवाल, रामेश्वर पौडेल, रूकेश तण्डुकार, दधिराम न्यौपाने, नवीन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण पाण्डेय, लालध्वज सुवेदी र रूगमबहादुर कुँवर रहेका छन्।