दोलखा।
भिमेश्वर नगरपालिका – ५ स्थित धरमघर बुढाभीमसेन माध्यमिक विद्यालयमा ट्राफिक नियम पालनासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले अभियानका क्रममा विद्यालयले शुक्रबार यो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर प्रसाद भट्टराईले सचेतना प्रशिक्षण कक्षा सञ्चालन गरेका थिए ।सचेतना कक्षामा लापरवाहीका कारण सडक दुर्घटना हुने र दुर्घटनामा मानवीय क्षती समेत हुने सक्ने जोखिम हुने भएकाले विद्यार्थीहरुलाई अनिवार्य रुपमा लाइसेन्स प्राप्त गरेर मात्र सवारीसाधन चलाउने, सडक पार गर्दा होस वा पैदल यात्राका क्रममा आफ्नो साइडमा हिड्ने, सवारीसाधनको क्षमताभन्दा धेरै नढ्ने र जहाँ पायो त्यहीबाट सडक पार नगर्नेलगायतका बारेमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै कार्यक्रममा चरिघ्याङ्ग टोल सुधार समितिका अध्यक्ष दावा लामाले पनि प्रशिक्षण दिएका थिए।