राजकुमार भुजेल,दोलखा।
भिमेश्वर नगरपालिकामा माटोले पुरिएर ३ जना घाईते भएका छन्। घाईतेहुनेहरुमा स्थानीय ज्ञान बहादुर थामी,टेक बहादुर थामी र यमबहादुर थामी रहेका छन्।
बिहिबार बेलुका करिब ४ बजे उनिहरुलाई भीमेश्वर नगरपालिका – २ स्थित गोले टोलमा घर निर्माणका लागि जग खन्ने क्रममा माथिबाट माटो खसेर पुरिएर घाईते भएका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक (ईन्स्पेक्टर) दाताराम अधिकारीले बताए ।
उनका अनुसार उनिहरुको उपचार हाल सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा भइरहेको छ भने अवस्था अहिले समान्य रहेको छ ।