दोलखा।
भिमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धरद्वारा राधाकृष्णको मन्दिर उदघाटन गरेका छन्। बुधबार महाशिवरात्रिको अवसरमा भिमेश्वर नगरपालिका ७ स्थित साखिनेमा रहेको राधाकृष्ण मन्दिरको उदघाटन गरेका हुन् ।
वडाबाट ४ लाख र विभिन्न समाजसेवीहरुबाट उठाएको ७९ हजार लगायतमा मन्दिर निर्माण भएको थियो। मन्दिर २०७२ सालको भुकम्पले छेदविछेद अवस्थामा रहेको थियो । सो मन्दिर निर्माण गर्नको लागि निरन्तर रुपमा सामाजिक कार्य गर्न अघि सर्ने युवा व्यवसायी तथा मन्दिर निर्माण समिति सचिव प्रकाश बस्नेत समेतको महत्वपुर्ण भुमिका रहेको मन्दिर निमार्ण समितिका अध्यक्ष नारायण के सी ले जानकारी दिए ।
हिन्दु धर्ममा धर्मलाई मानवको प्रमुख लक्ष्य मानिने र धर्मको अवधारणाले जीवन र ब्रह्माण्डलाई सम्भव बनाउने क्रम, र कर्तव्य, अधिकार, कानून, आचरण, सद्गुण र “जीवनको सही तरिका” समावेश गर्ने व्यवहारहरू समावेश गर्ने भएको कारण पनि मन्दिर निर्माण र ब्यबस्थापनमा जुट्नुपरेको सामाजिक अभियानता राजन बस्नेतको जिकिर छ ।