जिल्लाको वैत्यश्वर गाउँपालिकाले भोलिबाट कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ। सोमबार पालिकाले एक विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयहरुलाई भोलिका मितिदेखि नै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले काठमाडौंमा आन्दोलन गरिरहँदा सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेका छन् ।शिक्षकहरूको आन्दोलनका कारण विद्यालयमा नयाँ भर्ना प्रभावित भएको छ । कक्षा १२ को परीक्षालाई समेत असर पर्ने सम्भावना छ ।
शैक्षिक सत्र २०८२ को सुरुवातबाटै सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना, पाठ्पुस्तक वितरण गरी कक्षा सञ्चालन गर्नुपर्नेमा हालसम्म पनि सो कार्यहरु गरेको नपाईएकोले बालबालिकाको पढन पाउने हक र उनीहरुको मनोवैज्ञानिक पक्षलाई मध्यनजर गर्दै सम्पुर्ण सायुदायिक विद्यालयहरुले शैक्षिक गतिविधि तथा अन्य प्रशासनिक कार्यहरु वैशाख ९ गते बाट नै सुचारू गर्न निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए ।