राजकुमार भुजेल,दोलखा।
दोलखाकी क्यान्सर पिडित न्यौपानेलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। शनिबार सदरमुकाम चरिकोटमा एक कार्यक्रमका बीच जिल्लाको शैलुङ गाउँपालिका – ४ मागापौवाकी स्वस्थानी न्यौपानेलाई ५९ हजार भन्दा बढी नगद सहयोग हस्तान्तरण गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पाटी दोलखाका सभापति दिनेश बस्नेतको उपस्थितिमा न्यौपानेका श्रीमान राजन न्यौपानेलाई भिमेश्वर नगरपालिका – ७ उखुबारीका सामाजिक अभियन्ता निराज बस्नेतले ५९ हजार ५ सय ८० रुपैयाँ हस्तान्तरण गरेका हुन्।
अभियान्ता बस्नेतले विगत २/३ महिना अघि देखिनै “स्वस्थानी न्यौपाने बचाउ अभियान”सञ्चालन गर्दै आएका थिए । सोहि अभियानबाट जुटेको रकम आज हस्तान्तरण गरिएको हो। न्यौपाने केहि बर्षदेखि ओवेरियन क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित हुदैँ आएको पारिवारिक स्रोतले जनाएको छ।