दोलखा।
दुवै मिर्गौला पिडित रामकृष्ण खड्कालाई आर्थिक सहयोग जुटेको छ। बुधबार भिमेश्वर नगरपालिका – ७ उखुबारीका समाजसेवी निरज बस्नेतले “दुबै मिर्गौला पिडित रामकृष्ण खड्का बचाउ अभियान” बाट उठेको नगद एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन्।
जिल्लाको शैलुङ गाउँपालिका – ८ सागुतेका खड्का विगत केहि वर्षदेखि मिर्गौला फेलबाट निकै पिडित थिए। उनको उपचारका लागि उपचार खर्च अभाव हुदैँ गएपछि समाजसेवी बस्नेतले सो अभियान सञ्चालन गरेका थिए।उक्त अभियानबाट उठेको ५२ हजार ९ सय उनान्तीस रुपैयाँ दिइएको समाजसेवी बस्नेतले बताए। उनका अनुसार भिमेश्वर नगरपालिका – ७ का कार्यवाहक वडा अध्यक्ष चित्र थापा , समाजसेवी मोति बहादुर बस्नेत,नारायण ठकुरीको उपस्थितिमा रकम हस्तान्तरण गरेको हो।
त्यस्तै उक्त हस्तान्तरण कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टी ( रास्वपा ) दोलखाका सभापति दिनेश बस्नेत, प्रवक्ता जयराम खड्का लगाएतको उपस्थिती रहेको थियो।