राजकुमार भुजेल,दोलखा।
मोटरसाइकल दुर्घटनामा परी दुई जना मोटरसाइकल चालक घाइते भएका छन्। घाइते हुनेमा वाइसिएल दोलखाका अध्यक्ष समेत रहेका विनोद लामा र दिलु तमाङ रहेका छन्।
शनिबार दिउँसो बिगु गाउँपालिका – ४ खोलीखिम स्थित सिंगटी बजारबाट बन्चरे तर्फ जादै गरेको प्रदेश नं. ३ ०२-१२ प ६३८४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको बा.९३ प ८४१७ नम्बरको मोटरसाइकल कच्ची, ग्राभेल सडकको कारण एक आपसमा ठक्कर खाँदा उनिहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक ईन्स्पेक्टर दाताराम अधिकारीले जानकारी दिए ।
उनका अनुसार घाइते दुवैजनालाई धुलिखेल शाखा अस्पताल दोलखामा समान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । उनिहरु मध्ये लामालाई कैलाश एयरको हेलिकोप्टर मार्फत अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौ पठाएको हो भने तामाङलाई एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।