काठमाडौं।
मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।
शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १-०४-००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।दुर्घटनामा परेर कटहरी गाउँपालिका-१ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीहरू बाबुछोरा हुन् ।