राजकुमार भुजेल,दोलखा।
दोलखाको सदरमुकाम चरिकोटमा रहेको एपेक्स स्कुलले जनप्रतिनिधि सँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ।बिहिबार भिमेश्वर नगरपालिका – ८ का वडा अध्यक्ष काजि बुढाथोकी सँग “एपेक्स टक”को कार्यक्रम सम्पन्न गरेको हो
सो अवसरमा वडा अध्यक्ष बुढाथोकी र विधालयका विद्यार्थीहरु विच समसामयिक बिषयहरूमा सम्वाद भएको थियो। विधार्थीहरूलाई विद्यालयको अवस्था, शिक्षकले गर्ने व्यवहार, पढाई सञ्चालन कस्तो छ रहेकाे भनेर वडा अध्यक्ष बुढाथोकीले सोधेका थिए । विधार्थीले पनि वडामा कार्यन्वयन भएका गतिविधि र हुन बाँकि रहेका गतिविधि बारेमा आफ्नो छुट्टाछुट्टै तर्क प्रस्तुत गरेका थिए।
सवाल जवाफ पश्चात विद्यार्थी र जनप्रतिनिधि बिच चिनजान हुने र विद्यालयका समस्याकाे पहिचान गर्न पनि सजिलो हुने भएकाले उक्त कार्यक्रम सञ्चालन गरेको स्कुलका प्रिन्सिपल नसिब कायस्थले बताए। “हेर्दाहेर्दै डटकम” सँगको छोटो सम्वादमा जिल्लामै पहिलोपटक यो कार्यक्रम सञ्चालन गरेको बताउँदै विधार्थीहरुको कलिलै उमेरमा बोल्न सक्ने क्षमताको विकास भएको को प्रष्ट पारे।
हाल स्कुलले वडाका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूसँग रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।