दोलखा।
साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्यसमिति दोलखामा पुनर्गठन भएको छ । बुधबार नसिव कायस्थलाई जिल्लाको नेतृत्व सुम्पिदै नयाँ समिति पुनर्गठन भएको हो।
समितिको उपाध्यक्षमा इराज खड्का, सचिवमा राजकुमार ढुङगेल, कोषाध्यक्षमा सिर्जना केसी चयन भएका छन् भने सदस्यहरूमा क्रमशः विष्णुराज शिवाकोटी , अम्बिका बयालकोटी, लक्ष्मी चौलागाईं,जिपछिरिङ शेर्पा,गोपाल उग्रकोटी,सुदिप पोख्रेल र शर्मिला मुङ्गाती चयन भएका छन्।
महासंघले आफ्नो संघलाई थप प्रभावकारी र चलाएमान बनाउने उदेश्यले आज सदरमुकाममा एक कार्यक्रमबीच पुनर्गठन गरेको अध्यक्ष कायस्थले बताए। उनका अनुसार जिल्लाको महिला सभापतिको जिम्मेवारी सरिस्मा श्रेष्ठलाई दिएको छ ।