दोलखा।
सामाजिक अभियान्ता राजन बस्नेतलाई भीमेश्वर नगरपालिकाले सम्मान गरेको छ। शनिबार सदरमुकाम चरिकोटमा एक समारोहको आयोजना गरी ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “सामाजिक अभियान्ता-२०८१” बाट बस्नेतलाई नगद सहित सम्मान पत्र प्रदान गरेको हो ।
सामाजिक अभियन्ता – २०८१ बाट नगद रु १० हजार सहित भिमेश्वर नगरपालिका – ७ का २८ वर्षिया राजन बस्नेतललाइ विगत लामो समय देखि समाजसेवाको क्षेत्रमा निरन्तर रुपमा लागि परी व्यवारीसे सहयोगापेक्षि सडक मानव मुक्त बनाउने अभियानमा निरन्तर सकृय युवा बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले सम्मानपत्र प्रदान गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञान कुमार महतोले जानाकारी दिए।
सुरुसुरुमा सहयोगापेक्षी सडक मानवहरुको उद्धार कार्य गर्न जटिल भएतापनि मानव सेवा आश्रम काठमाडौं र मानवसेवा घर भक्तपुरले सहयोगापेक्षी सडकमानवहरुलाई गासँ,बास र कपासको व्यवस्थापन गर्ने कार्यको थालनी भए पस्चात उद्घार गर्नको लागि सहज वातावरण सिर्जना भएको अभियान्ता बस्नेतको अनुभव रहेको छ। सम्मानपत्र ग्रहण गर्दै अभियान्ता बस्नेतले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथी रहि नि:स्वार्थ रुपमा सहयोगापेक्षी सडकमानवको उद्धारमा लागेका बस्नेत भिमेश्वर नगरपालिकालाई बागमती प्रदेशको पहिलो बालमैत्री नगरपालिका बनाउ सक्रिय भुमिका निर्वाह गरेका बस्नेतले जिल्लामा जिल्ला समन्वय समिति दोलखा,दुई नगरपालिका र सात गाउँपालिका, मानवअधिकारकर्मी, समाजिक अभियन्ता, नेपाल प्रहरी,सञ्चारकर्मी लगाएत सम्बन्धित सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा सहयोगापेक्षी सडकमानवहरुको उद्धार कार्य र व्यवस्थापन सम्भव भएको बताए ।
बस्नेत महिला, बालबालिका र युवाको हक अधिकार र संरक्षणका निम्ति लामो समयदेखि क्रियाशिल हदैँ आएका छन् ।हाल जिल्लामा सहयोगापेक्षी सडक मानव मुक्त दोलखा घोषणा गर्ने लक्ष्यका साथ सहयोगापेक्षी सडक मानवको उद्धार कार्य तिब्र पारिएको छ । सडकलाईनै नाना,छाना र खाना बनाएर बस्ने १९ मानवको उद्घार गरेका अधिकारकर्मी एबम सामाजिक अभियन्ता राजन बस्नेतले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठि समाजाको सर्वोपरी हितका निम्ति निरन्तर लागि रहदा पाउने सम्मानले थप जिम्मेवारी सहितको हौसला प्रदान गरेको छ ।