सिन्धुली ।
सिन्धुलीमा बस दुर्घटना परी दुई जनाको मृत्यु भएको छ।
सोमबार दिउसो काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको थप विवरण आउन बाँकी रहेको छ।