राजकुमार भुजेल,दोलखा।
तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका लागि दोलखाका दुई गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ। तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन मनाइने सांस्कृतिक पर्वको अवसरमा बैत्यश्वर गाउँपालिकाले १८ गते १ दिन ,मेलुङ गाउँपालिकाले १७ र १८ गते २ दिन स्थानिय बिदा दिने निर्णय गरेको हो।
मङ्गलबार (आज) दुवै पालिकाले एक सूचना जारी गर्दै गाउँपालिका भित्रका सार्वजनिक र सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्था बन्द रहने जानकारी दिएको छ।
पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षासहित बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना सुचनामा उल्लेख गरिएको छ ।