अबिरल बस्नेत ` सुरज´
दोलखा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल खड्काले गौरीशंकर गाउँपालिकामा हुन लागेको उपनिर्वाचनमा पार्टीले उठाएको उम्मेदवार गाउँका जनतासँग घुलमिल भएर सेवा गर्न सक्षम रहेको बताएका छन्। माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत रहेका खड्काले पार्टीले उम्मेदवारको पारिवारिक अवस्था र आर्थिक पक्षको भन्दा पनि जनताको सुख, दुःख बुझ्नेलाई प्राथमिकता दिएको बताएका छन् ।
शुक्रबारदेखि दोलखामा माओबादीले सुरु गरेको ‘घर गाउँ अभियान’ का क्रममा इन्चार्ज खड्काले यस्तो बताएका हुन् । उनले गौरीशंकरमा पार्टीले उम्मेदवार बनाएकी निम्लेकी शेर्पासँग अरु पार्टीका उम्मेदवारको तुलना गर्नै नसकिने दाबी गरे ।
मन्त्री खड्काले हाम्रो भन्दा राम्रो उम्मेदवारलाई सबैले सहयोग गर्नुपर्ने कुरामा समेत जोड दिए ।