दोलखा। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा केशव बुढाथोकी सर्वसम्मत चयन भएका छन्। शनिबार सम्पन्न भएको अखिल क्रान्तिकारी कालिञ्चोक गाउँपालिका समितिको तेस्रो सम्मेलनले बुढाथोकीको नेत्तृत्वमा ३१ नयाँ गाउँपालिका कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा रुपेश आचार्य ,रमेश खत्री,सर्मिला घतानी र सचिवमा प्रनिश सिवाकोटी चयन भएका छन्। त्यस्तै सह-सचिवमा सन्देश ढुङ्गेल, काेषाध्यक्षमा समिक्षा नेपाली सहित ३१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको समितिले जनाएको छ।
सम्मेलनको उद्घाटन अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नारायण खनालले गरेका थिए। अखिल क्रान्तिकारी कालिञ्चोक गाउँपालिका कमिटीका अध्यक्ष रुपेश अर्यालको अध्यक्षतामा सम्पन्न सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रिय उपमहासचिव प्रशुन कार्की, क्रान्तिकारीका केन्द्रिय सचिव चन्द्रकुमार लामा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक एवं कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य विश्वास कार्की, अखिल क्रान्तिकारी दोलखाका संयोजक आर्टिस्ट मोक्तान लगायतले शुभकामना तथा मनतव्य व्यक्त गरेका थिए भने नवनिर्वाचित कमिटीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!