दोलखा। नेकपा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी दोलखाले अगुवा महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सदरमुकाम चरिकोट स्थित हाम्रो रेडियोको सभाहलमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य, कानुन न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो।
कार्यक्रममा सांसद विमला सुवेदी, नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य, देवी खड्का, अनेमसंघ क्रान्तिकारीकी बागमती प्रदेश कमिटी अध्यक्ष सुनिता गौतम, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री बिशाल खड्का, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, माओवादी जनयुद्धमा दोलखाका संस्थापक नेता शंकर लामा, नेकपा माओवादी केन्द्र दोलखाका प्रवक्ता पुष्कर अधिकारी लगाएतले प्रशिक्षण दिएका थिए।
त्यस्तै अनेमसंघ क्रान्तिकारी जिल्ला समन्वय समितिकी अध्यक्ष अप्सरा चौलागाईँको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कमल श्रेष्ठ, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, पार्टीका प्रदेश सभा सदस्य, पालिका ईन्चार्ज, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत जनप्रतिनिधिहरु, जिल्लाभरका अगुवा महिला कार्यकर्ताहरको व्यापक उपस्थिती रहेको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!