दोलखा । नेकपा माओवादी केन्द्र भातृ संगठन अनेरास्ववियू क्रान्तिकारी मेलुङ गाउँपालिका समितिले २१ औं शताब्दीको माक्र्सवादी शिक्षा दिने भएको छ।शनिबार क्रान्तिकारी मेलुङ समितिले मेलुङ क्याम्पसको सभाहलमा बिहान ११ बजे विद्यार्थी तथा नेता कार्यकर्ताहरुलाई उक्त शिक्षा दिन लागेको हो।
शिक्षाको प्रशिक्षण भने नेकपा माओवादी केन्द्रका युवा नेता उपेन्द्र अधिकारीले नेपाली समाजमा माक्सवाद, एकिकृत अखिल नेपाल शिक्षक संगठन दोलखाका अध्यक्ष सन्तोष श्रेष्ठले समाजवादी शिक्षाको अवधारणा र चुनौतीका विषयमा प्रशिक्षण दिनेछन् भने नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य कृष्ण कार्की रविले नेपाली समाजमा जनयुद्ध र उपलब्धिका विषयमा प्रशिक्षण दिने भएका छन् ।
त्यस्तै विद्यार्थी नेता विकल खड्काले भौतिकवादी चिन्तन तथा विद्यार्थी संगठनको विषयमा प्रशिक्षण दिने समितिले जनाएको छ ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!