आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार

अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन भोलिदेखि, उद्घाटन अध्यक्ष प्रचण्डले गर्ने

Home समाचारअनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन भोलिदेखि, उद्घाटन अध्यक्ष प्रचण्डले गर्ने

अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन भोलिदेखि, उद्घाटन अध्यक्ष प्रचण्डले गर्ने

by herdaherdaimedia
0 comments 2 views

काठमाडौं।  

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन भोलि देखि सुरु हुने भएको छ ‌। यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले सम्मलेन सरेर असोज १० देखि १४ गतेसम्म हुन लागेको हो।

सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने जनाएको छ।वर्तमान केन्द्रीय कमिटीले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने जनाइएको छ ।

सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले गर्ने बताएको छ। सम्मेलनको सबै तयारी पूरा भइसकेको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment