आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार

अनेरास्ववियू(क्रान्तिकारी)दोलखाको २० औं जिल्ला सम्मेलन,यि हुन् जिल्ला अध्यक्ष हाँक्ने आकांक्षी

Home राजनीतिअनेरास्ववियू(क्रान्तिकारी)दोलखाको २० औं जिल्ला सम्मेलन,यि हुन् जिल्ला अध्यक्ष हाँक्ने आकांक्षी

अनेरास्ववियू(क्रान्तिकारी)दोलखाको २० औं जिल्ला सम्मेलन,यि हुन् जिल्ला अध्यक्ष हाँक्ने आकांक्षी

by herdaherdaimedia
0 comments 8 views

दोलखा। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) दोलखाको २० औं जिल्ला सम्मेलन असार २ गते सिङ्गटीमा सम्पन्न हुदैछ। उक्त सम्मेलनमा जिल्लाका ९ वटै स्थानिय तहबाट प्रतिनिधि सहभागी हुँदैछन्।

नगरपालिका तथा गाउँपालिकाबाट १५/ १५ जना प्रतिनिधि र क्याम्पसबाट ५ जना सहभागी हुने सङ्गठनले जनाएको छ। सो सम्मेलनबाट जिल्ला अध्यक्ष चयन गर्दैछ। सम्मेलनबाट अध्यक्ष बनेर जिल्ला अध्यक्ष हाक्ने आकांक्षी हालसम्म ५ जना देखिएको छ।

सम्मेलनमा सङ्गठनका जुनसुकै पदाधिकारी चुनावी मैदानमा उत्रिए पनि वा सर्वसम्मतको पाटो देखिएपनि हालसम्म “हेर्दाहेर्दै” डटकमले सोधेको मध्ये अध्यक्षका लागि १ जना जिल्ला संयोजक र ४ जना सह-संयोजकले अध्यक्षमा आकांक्षी राखेको पाइएको हो।

अध्यक्षका आकांक्षी को को ? 

सम्मेलनबाट नयाँ नेतृत्व चयन हुने भएपछि अध्यक्षका लागि अहिले ५ जनाको आकांक्षी देखिएको छ। जिल्लामा नयाँ नेतृत्व चयन गरि नयाँ ढङ्गले जिल्लाका सङ्गठन चलाएमान बनाउने तयारी थालेपछि हालसम्म ५ जनाले जिल्ला अध्यक्ष हाक्ने आकांक्षी देखाएका हुन् ।

आयोजक समितिका अनुसार आर्टिस्ट मोक्तान, नवराज बस्नेत,हरि खड्का, उपेन्द्र केसी र विकल खड्का रहेका छन् ।‌

मोक्तानले अहिले जिल्लाको संयोजकको जिम्मेवारीको भुमिका निर्वाह गरिरहेका छन् भने अन्य ४ जनाले सह-संयोजकको जिम्मेवारी सम्हालिरहेका छन् ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment