आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगुलाई

अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगुलाई

by herdaherdaimedia
0 comments 5 views

राजकुमार भुजेल,दोलखा। 

दोलखामा जारी अन्तर पालिका स्तरीय महिला भलिबल कप २०८१ को उपाधि विगु गाउँपालिकाले हात पारेको छ। जिल्लाको सदरमुकाम चरिकोट सम्पन्न भएको खेलमा बैत्यश्वरलाई ३-१ ले पछि पार्दै विगु गाउँपालिकाले आफ्नो जित हात पारेको हो।

विगुले जित हात पारेसँगै वैतेश्वर गाउँपालिका उपविजेता बन्दै दोस्रो बनेको छ ।तृतीय स्थानमा कालिञ्चोक गाउँपालिकाले कब्जा गर्यो भने सान्त्वनामै गौरीशंकर गाउँपालिकाले चित्त बुझाउन पार्यो।प्रतियोगितामा प्रथम, दितिय, तृतीय र सान्त्वना हुने टिमले क्रमश ५० हजार ,३० हजार,२० हजार ,१० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।

जिल्ला भलिबल संघ दोलखाको आयोजनामा गत बिहिबारदेखि सदरमुकाम चरीकोट स्थित कभडहलमा सो प्रतियोगिता भएको थियो। प्रतियोगिताको उदघाटन बागमती प्रदेश सभा सदस्य भरत केसीले गरेका थिए भने समापन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको उपस्थितिमा भएको थियो। खेलमा जिल्ला भित्रका ८ टिमको सहभागीता रहेको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment