आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home Bannerअप्पर तामाकोशीमा बारम्बार चोरी, को हो मुख्य चोर ?

अप्पर तामाकोशीमा बारम्बार चोरी, को हो मुख्य चोर ?

by herdaherdaimedia
0 comments 5 views

अबिरल बस्नेत `सुरज´

दोलखा । अप्पर तामाकोशी जलविद्युत् आयोजनामा निर्माण सामग्री चोरी हुने क्रम बढेको छ । राष्ट्रिय गौरवको रूपमा रहेको यस परियोजनामा बारम्बार चोरीका घटना दोहोरिनु र चोर पत्ता नलाग्नुले गम्भीर प्रश्न उठाएको छ । यस कार्यमा परियोजनामा ​​पहुँच भएका व्यक्तिहरू नै संलग्न हुन सक्ने आशंका बढ्दै गएको छ।

परियोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन गौतमका अनुसार, उनले जिम्मेवारी सम्हालेको एक वर्षयता दुईभन्दा बढी चोरीका घटना भइसकेका छन् । ‘यी घटनाहरू मेरो कार्यकालमा मात्रै होइन, म आउनुअघि पनि भएका थिए।’ उनले भने- ‘करिब ६ महिना अघि क्रेनको महत्त्वपूर्ण पार्ट्स समेत चोरी भएको थियो।’

गौतमले चोरीको सूचना प्रहरीलाई दिने गरेपनि अहिलेसम्म घटनामा संलग्न मुख्य ब्यक्ति को हो भन्नेबारे थाहा हुन नसकेको स्पष्ट पारे।

यसैबीच, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख युवराज खड्काले पछिल्लो पटक भएको चोरीको सामान किन्ने ब्यक्तिलाई पक्राउ गरिएकाले चाँडै नै चोर पत्ता लाग्ने बताएका छन् । ‘यो पटक सामान किन्ने ब्यक्तिलाई सामान सहित समातेको छौँ ।’ उनले भने- ‘अब छिट्टै नै मुख्य ब्यक्ति समातिनेछन् । ढुक्क हुनुस् ।’

उनले मुख्य अपराधी चाँडै पत्ता लाग्नेमा विश्वास व्यक्त गर्दै स्थानीयहरूलाई धैर्य गर्न र प्रहरीमा भरोसा राख्न आग्रह गरेका छन्।

गम्भीर सुरक्षा चुनौती बनेको अप्पर तामाकोशी परियोजनामा चोरी नियन्त्रण र सुरक्षा सुदृढीकरणको आवश्यकता देखिएको छ। आयोजनामा हुने चोरीका घटनाले सम्पूर्ण परियोजनाको सुरक्षामा गहिरो असर पुर्‍याएको भन्दै यसबारे थप सजगता अपनाउनु पर्ने आवाज उठिरहेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment