आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार

अब सडकमै पम्प्लेट सहितको प्रतिवद्धता, दुर्घटना जोखिम न्यूनीकरणमा मद्दत पुग्ने...

Home समाचारअब सडकमै पम्प्लेट सहितको प्रतिवद्धता, दुर्घटना जोखिम न्यूनीकरणमा मद्दत पुग्ने प्रमुख भट्टराईको विश्वास

अब सडकमै पम्प्लेट सहितको प्रतिवद्धता, दुर्घटना जोखिम न्यूनीकरणमा मद्दत पुग्ने प्रमुख भट्टराईको विश्वास

by herdaherdaimedia
0 comments 9 views

राजकुमार भुजेल दोलखा।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले सडकमै प्रतिवद्धता पम्प्लेट राखेर चालकको प्रतिवद्धता कार्यक्रममा सक्रियता बढाएको छ। जिल्लाभरिका राजमार्ग तथा ग्रामिण सडक खण्डमा प्रहरी रहेकाे युनिटहरूमा प्रतिबद्वता सहित सडकमा प्रतिवद्धता पम्प्लेट राखेर चेकिङको क्रममा चालकको प्रतिवद्धता कार्यक्रमलाई सक्रियता बढाएको हो। 

 प्रदेश प्रहरी कार्यालयमातहत १० जिल्लामा एकैपटक चाडपर्वलक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरुसंगको प्रतिबद्धता कार्यक्रम संचालन गरे सँगै दोलखामा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनमा फरक तरिकाबाट सवारीसाधनलाई सडकमै पम्प्लेट देखाउदै सवारी चालकहरुलाई सिकाउने, अनुभव गराउने, जानकारी गराउने, प्रतिबद्धता गराउने र आफ्नो सुरक्षाबारे जानकारी गराउने जिल्ला प्रहरी कार्यालय दोलखा डिएसपी युवराज खड्काले बताए। चाडपर्व लक्षित सवारी दुर्घटना न्युनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम बिहीबारदेखि संचालन गरेको कार्यक्रममा मङ्गलबार देखि पम्प्लेटका साथ ट्राफिक प्रहरीहरु सडकम खटेको बताए। 

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखा प्रमुख ठाकुर प्रसाद भट्टराईले सवारी चालकहरुलाई हतारमा गाडी नचलाई दुर्घटनाबाट बचाउने, मद्यपान, धुमपान र लागूपदार्थ सेवन नगरी सवारी साधन चलाउने, गाडीको अवस्था चेकजाँच गरेरमात्र सडकमा निकाल्ने, ट्राफिक जरिवाना नपर्ने गरी यात्रा गर्नेजस्ता १२ बुदे प्रतिबद्धता सहित चालक हरू लाई सचेत गराई प्रतिबद्वता पत्रमा हस्ताक्षर समेत गराएको बताए। उनका अनुसार ४ दिनको अवधिमा करिब ५ सय भन्दा बढी सवारीसाधनले प्रतिवद्धता जनाएका छन्।

मङ्गलबार देखि प्रतिबद्धता भएको स्टीकर वितरण गर्दै प्रतिबद्धता पूर्णरूपमा पालना गर्न आग्रह गरेको बताए । उक्त कार्यक्रमले नजिकिँदै गरेको चाडपर्वमा हुनसक्ने दुर्घटना जोखिम न्यूनीकरणमा मद्दत पुग्ने ट्राफिक प्रमुख भट्टराईले विश्वास व्यक्त गरे।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment