आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारअभियान्ता आशिका तामाङ रिहा लगत्तै पुनः पक्राउ

अभियान्ता आशिका तामाङ रिहा लगत्तै पुनः पक्राउ

by herdaherdaimedia
0 comments 2 views

काठमाडौं ।

अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी अभियन्ता आशिका तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार धरौटीमा रिहा भएकी छन् ।

उनी माघ २ गते पक्राउ परी प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन । पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन । काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्दा आज उनी धरौटीमा रिहा भएकी हुन । तर, उनी छुटेपछि फेरि गौशाला प्रहरीले आफ्नो साथमै कार्यालय लगेको छ ।

भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइने प्रहरीले जनाएको छ । 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment