आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारअमेरिकामा बसोबास गर्ने ईन्जिनियर सपना राउत द्धारा बालगृहमा कम्प्युुटर सहित प्रिन्टर सहयोग

अमेरिकामा बसोबास गर्ने ईन्जिनियर सपना राउत द्धारा बालगृहमा कम्प्युुटर सहित प्रिन्टर सहयोग

by herdaherdaimedia
0 comments 5 views

दोलखा । दोलखामा रहेको गौरीशंकर बालगृहमा अमेरिकामा बसोबास गर्ने ईन्जिनियर सपना राउतले एक थान कम्प्युटर सेट र एक थान रंगिन प्रिन्टर सहयोग गरेकि छिन्। मङ्गलबार एक कार्यक्रमका बिच बालगृहका अध्यक्ष रामप्रसाद सापककोटा र बालगृह प्रमुख रमेश जैसीलाई कम्प्युुटर सहित प्रिन्टर सहयोग हस्तान्तरण गरिएको हो ।

राउत अमेरिका अस्टिन नेपाली समाजको कार्यकारी सदस्य समेत छिन् । भिमेश्वर नगरपालिका वडा नम्बर ३ स्थायि ठेगाना भएकी राउत बिगत १८ बर्ष देखि अमेरिकामा बसोबास गर्दै आएकि छन । मंगलबार आफ्नी आमालाई सँगै लिएर गौरीशंकर बालगृहका बालबालिकाहरुलाई खाजा समेत खुवाउँदै कम्प्युुटर प्रिन्टर सहयोग हस्तान्तरण गरेकी हुन् । कम्प्युुटर प्रिन्टर सहयोग पाएसँगै बालगृहले आफुुहरुलाई कार्यलयको काम बाहिर गएर पैसा तिरेर गर्नु पर्ने बाध्यता हटेको बताउँदै सहयोग लागि आभार ब्यक्त गरेको छ ।

बालगृहमा कम्प्युुटर सहित प्रिन्टर सहयोग हस्तान्तरण गर्दै राउतले आफ्नो सानो सहयोगलाई ठुुलो सम्झन आग्रह गर्दै बालबालिकाको उज्वल भबिष्यको कामना समेत गरेकि थिईन। 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment