अमेरिकी डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुला 

काठमाडौं ।

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२६ का लागि असोज १६ गते रातिदेखि आवेदन खुला भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गए राति ९ः४५ बजेबाट शुरु हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।

दूतावासले डीभी चिट्टा असोज १६ को रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारेको छ । डीभी कार्याक्रममा सहभागी हुन इच्छुकले

https://dvprogram.state.gov/ मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता