आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारअरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि बन्द

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि बन्द

by herdaherdaimedia
0 comments 3 views

धुलिखेल ।  अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा बन्द गरिएको छ । सडक स्तरोन्नति जारी रहेकाले आज र भोलि दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै अरनिको राजमार्ग (धुलिखेल–जिरो किलो–खावा खण्ड) आजदेखि दुई दिन दिउँसोको समयमा बन्द रहने जनाएको हो ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment