आइतबारसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका केही पहाडी भेगमा बिहानैदेखि हल्का पानी परेको छ । आज लगातारजसो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोपख पानी पर्ने क्रम रोकिनेछ । आज दिउँसो कतैकतै केहीबेर मात्रै फाट्फुट्ट पानी पर्ने सम्भावना छ ।

भोलि र पर्सि भने आजको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद अर्यालले जानकारी दिए । पानी पार्ने प्रणाली पश्चिमतिर सर्दै गएकाले भोलि र पर्सि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै पानी पर्न सक्ने मौसमविद्को अनुमान छ ।

हिजो कोशी प्रदेशमा धेरै पानी परेको थियो । विराटनगरमा ९१ दशमलव ५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव छ ।

#मौसम

Related posts

आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना

कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

देशभर मनसुनी प्रभाव, पहाडी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना