आजको मिति:

२०८२ भाद्र १६ सोमबार
Monday, September 1, 2025
२०८२ भाद्र १६ सोमबार
Home समाचारआइतबार नेप्सेमा नयाँ रेकर्डः ९४ अकंले बढ्दा परिसूचक २८६० बिन्दुमा पुग्यो 

आइतबार नेप्सेमा नयाँ रेकर्डः ९४ अकंले बढ्दा परिसूचक २८६० बिन्दुमा पुग्यो 

by herdaherdaimedia
0 comments 1 views

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा २५ अर्ब ७७ करोड ९४ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि यहि साउन २६ गते बुधबार नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाख बराबरको करोबार भएको थियो ।    

आज नेप्से ९४.५३ अंकले बढेर दुई हजार ८ सय ६० दशमलब ९१ विन्दुमा बन्द भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२५ वटाको बढेको छ भने १५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।        

आज कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यसका साथै आज हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको एक करोड ५२ लाख बराबरको कारोबार भएको छ ।                

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment