आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home अर्थ/सहकारीआजदेखि सिनर्जी पावरको हकप्रद बिक्री खुला

आजदेखि सिनर्जी पावरको हकप्रद बिक्री खुला

by herdaherdaimedia
0 comments 5 views

काठमाडौं । आजदेखि सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ।

यस अनुसार कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ।

हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरमा भदौ २४ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ।

कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ र ९ बीच भएर बहने सिप्रिङ खोलाबाट १० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुररूप २०६९ माघ ३ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ।

कम्पनीले सोलुखुम्बु जिल्लामा निर्माण हुने २२ मेगावाटको मध्य होङ्गु खोला ‘ए’ जलविद्युत आयोजना प्रबर्द्धक कम्पनी एपेक्स मकालु हाइड्रोपावर लिमिटेडमा ४० प्रतिशत अर्थात ४४ करोड २६ लाख ८६ हजार रुपैयाँ स्वपूँजी लगानी गर्ने निर्णय गरेको छ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment