आजबाट प्रि–मनसुन गतिविधि थप सक्रिय हुदैँ

काठमाडौं । प्रि–मनसुन गतिविधि केही सक्रिय हुँदा आजबाट वर्षाको सम्भावना केही बढेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहको प्रणालीमा पश्चिमी वायु थप सक्रिय हुँदा आजबाट केही दिन बदली बढ्ने र वर्षाको पनि सम्भावना रहेको हो । 

“पश्चिमी वायु केही सक्रिय हुँदा आजबाट गण्डकी प्रदेश देखि सुदूरपश्चिम प्रदेशसम्म पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी पहाडी क्षेत्रमा वर्षा हुनेछ। ठूलो वर्षा नहुने तर कतिपय ठाउँमा छिटपुट वर्षा मात्र मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोसी प्रदेशमा भने वेष्ट बंगालबाट आएको प्रणालीले पहाडी भू–भागमा बदली र वर्षा गराउने सम्भावना रहेको छ । तर त्यहाँ पनि सामन्य वर्षा मात्र हुनेछ । 

Related posts

आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना

कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

देशभर मनसुनी प्रभाव, पहाडी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना