आज एकैदिन सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं ।

सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ स्वत: घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । सुनको भाउ आइतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोमबारदेखि सुनको मूल्य समायोजन भएको महासंघले जनाएको छ ।

भारतबाट सुन तस्करी भएर नेपाल नआओस् भन्ने उद्देश्यले सरकारले भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता