आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन २५ – देशभर मनसुन सक्रिय रहँदा सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

भारी वर्षाका कारण जनजीवन, स्वास्थ्य, यातायात र हवाई सेवा प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पछिल्लो मौसम जानकारीका लागि नियमित अपडेट हेर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Related posts

कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

देशभर मनसुनी प्रभाव, पहाडी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

आइतबार र सोमबार हिमपातको सम्भावना, आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध