आज दोलखा सहित ९ जिल्ला आसपासका नदीमा आकस्मिक बहाव हुन सक्ने 

दोलखा। आज दोलखा सहितका ९ जिल्ला आसपासका नदीनाला,तथा खोलामा आकस्मिक बहाव हुन सक्ने अनुमान गरिएको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ। 

साथै उदयपुर, रामेछाप, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम, दैलेख, कालिकोट, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकोले उच्च सतर्कता अपनाउन महासाखाले अनुरोध गरेको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता