आज राति पनि देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं। आज (बुधबार) राति पनि देशभर मौसम बदली भई विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहने छ।यस क्रममा देशको पहाडी भूभागका थोरै स्थान साथै बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना छ। महाशाखाले राति उपत्यकामा वर्षाको सम्भावना २० प्रतिशत देखाएको छ।

साथै राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता