आज स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि उपनिर्वाचन हुँदै

काठमाडौं ।

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुँदैछ ।नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर छरिएका पालिकामा ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भइ रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न निर्वाचन आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षक लगायत सबै सरोकारवालासँग आयोगले सहयोगको आग्रह गरेको छ ।

निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता